बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी

by sambridhaonline

चैत १२,पोखरा – पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।

स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील भट्टराईले ५०३ मत ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपाने ले ४६९ मत प्राप्त गरिन्।

अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, अखिल छैठौंका मिलन सुनारले २८ मत ल्याए।

स्ववियु सचिवमा अनेरास्ववियुका अनेरास्ववियुका विराट दुवाडी १४१३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत ल्याए। अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २९३ मत ल्याए।

कोषाध्यक्षमा एमाले अनेरास्ववियुका सन्दिका गुरूङ निर्वाचित भएन्। उनले १३०४ मत ल्याइन्। प्रतिस्पर्धी नेविसंघकी अभिषा यादवले ६४७ मत ल्याइन्।

पिएन क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो। तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो।

आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए। देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline