बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News रास्वपा सभापति रवि जेल चलान

रास्वपा सभापति रवि जेल चलान

by sambridhaonline

चैत २५,पोखरा – सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् ।

प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको हो ।

शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी भैरहवा पुर्‍याइएको थियो । लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरी उनलाई हिरासतमै राखेको थियो ।

जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । आज त्यो आदेश खारेज भएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछानेसहित ४२ जनाले ५५ करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो । लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, चितवन र पर्सामा पनि सहकारीको रकम सङ्गठित तवरमा ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

पर्साबाहेक सबै ठाउँमा उनलाई धरौटीमा छोड्न आदेश दिइएको थियो । तर रुपन्देहीको सहकारी ठगीको मुद्दामा धरौटीमा छाेड्ने विषयलाई उच्च अदालतले उल्टाइदिएको छ ।

अर्का अभियुक्त पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा भने इजलासले जिल्लाकै आदेश सदर गरिदिएको छ । उनलाई जिल्ला अदालतले नै थुनामा पठाउने आदेश दिएको थियो ।

लामिछाने केही दिनअघि मात्र रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका थिए । उनकै सभापतित्वमा रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो ।

लामिछानेको सांसद पदको निलम्बन हटाउने बारेमा सभामुख देवराज घिमिरे छलफल गरिरहेको बेला अदालतले कारागार पठाइदिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline