बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाण्डौ ल्यायो

प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाण्डौ ल्यायो

by sambridhaonline

चैत २९,पोखरा – गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीलाई पक्राउ गरी काठमाण्डौ ल्याएको छ । भारतको असाममा पक्राउ परेका प्रसाईंलाई प्रहरीले झापाबाट विमानमार्फत काठमाण्डौ ल्याएको हो ।

राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै निजी तथा सरकारी भवन, कार्यालय तथा गाडीमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईंको खोजी गरिरहेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले विज्ञप्ति निकालेर प्रसाईंलाई झापामा पक्राउ गरिएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाईं र प्रसाईंका अङ्गरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरेको उल्लेख छ ।

प्रसाईंलाई भारतको असमबाट काँकडभिट्टा हुँदै ल्याउँदाको गाडीसमेत देखिने भिडिओ सार्वजनिक भए पनि प्रहरीले किन झापाबाट पक्राउ गरेको भनिरहेको छ भन्दै धेरैले प्रश्न गरेका छन् । प्रहरी प्रवक्ता आचार्यले भने आफूहरूको क्षेत्राधिकार नेपालमा मात्रै रहेको र अरू देशमा पक्राउ परेको भन्ने केही नरहेको बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline