शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News भ्रामक समाचार लेखेको भन्दै पत्रकारविरुद्ध स्याङ्जा प्रशासनमा उजुरी

भ्रामक समाचार लेखेको भन्दै पत्रकारविरुद्ध स्याङ्जा प्रशासनमा उजुरी

by sambridhaonline

बैशाख ०२,पोखरा – भ्रामक समाचार लेखेको भन्दै पत्रकारविरुद्ध जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी दर्ता भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं स्याङ्जा महोत्सवको समयमा भ्रामक समाचार लेखेको भन्दै उजुरी परेको हो ।

संघले गत फागुन ६ देखि १८ गतेसम्म सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवका विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै आँधीखोला एक्सप्रेस न्यूज प्रालिका सञ्चालक तथा पत्रकार रोशन लामिछानेविरुद्ध कारबाहीका लागि उजुरी दर्ता गराइएको हो ।

सातौं स्याङ्जा महोत्सवलाई लक्षित गरी स्याङ्जा जिल्लामा क्रियाशिल पत्रकार भनिएका व्यक्ति आँधीखोला एक्सप्रेस अनलाईन नामबाट अनलाईन पत्रिका संचालन गर्दै आएका रोशन लामिछानेले संस्थालाई बदनाम हुनेगरी विभिन्न मितिमा अनर्गल प्रचार-प्रसार गरेको उजुरीमा उल्लेख छ ।

आम सञ्चारमाध्यम तथा पत्रकारहरुले आचारसंहितामा रहेर काम गरे/नगरेको भन्ने अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हो । काउन्सिलले जारी गरेको आचारसंहिता उल्लंघन गरेको विषयमा सरोकारवाला कुनै पनि व्यक्तिले काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको छ । तर भ्रामक समाचार लेखेको भन्दै प्रशासनसमक्ष पेश भएको उजुरी दर्ता गरी स्याङ्जाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आवश्यक कारबाहीका लागि उक्त उजुरीमा तोक लगाई प्रहरीलाई पठाएकी थिइन् ।

सञ्चारमाध्यम तथा पत्रकारलाई कारबाही वा नियमन गर्ने निकाय कुन हो भन्ने नै प्रमुख जिल्ला अधिकारीलाई थाहा नहुनु र नियमन गर्ने निकाय हुँदाहुँदै सम्बन्धित नै नरहेको कार्यालयका प्रमुखले तोक लगाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने विषय भने सोचनीय रहेको छ ।

पत्रकार लामिछानेले सातौं स्याङ्जा महोत्सव अवधिमा ‘बक्यौता नतिरी महोत्सव गर्दै वाणिज्य संघ, करको मनोमानी’, ‘कानुनको अवज्ञा गर्दै मन्त्रीले गरे महोत्सवको उद्घाटन, प्रशासन अनविज्ञ’, ‘स्याङ्जा महोत्सवमा छैनन् गुणस्तरका सामान’ लगायतका विषयमा समाचार प्रकाशन गरेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline