शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा लागेको ताला खुल्यो

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा लागेको ताला खुल्यो

by sambridhaonline

बैशाख ०२,पोखरा – पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा मंगलबार भएको तालाबन्दी मंगलबारै खुलेको छ । करार सेवाबाट बर्खास्त गरेका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका थिए । उनीहरु माघ २६ गतेदेखि आन्दोलित छन् ।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा रहेको सुशासन समितिलाई समस्या समाधानका लागि जिम्मा दिएपछि गेटमा लागेको ताला खुलेको हो । सुशासन समितिलाई महानगरमा समग्र स्वास्थ्यतर्फको जनशक्ती व्यवस्थापन र आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्ने विषयमा जिम्मेवारी दिइएको छ ।आन्दोलनरत कर्मचारीले दिनहुँजसो महानगरपालिका कार्यालय परिसरमा निरन्तर धर्ना दिँदै आएका छन् । करारमा सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो । महानगरको निर्णय विरुद्ध उनीहरु माघ १ गते सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिएकोमा, मंगलबार तालाबन्दी गरेका हुन् ।

उनीहरुले महानगरले सर्वोच्च अदालतको अन्तिरिम आदेश अपहेलना गरेको भन्दै रिटसमेत दर्ता गरेका छन् । सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिर हुन पाउनुपर्ने माग उनीहरुको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline