बैशाख ४,पोखरा – पोखराको राबजारबाट लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही स्थाई वतन भई हाल कास्की पोखरा महानगरपालिका १४ चाउथे बस्ने बर्ष ४३ को विक्की परियार र पर्वत स्थायी वतन भई हाल पोखरा ५ जिरो कि.मी. बस्ने बर्ष ३८ को ओम बहादुर नेपाली रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा २६ विजयपुरबाट पक्राउ गरेको हो ।
प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ४.९० ग्राम, विभिन्न कम्पनीका मोवाईल २ थानर नगद रु.१७ हजार ९०० समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।