शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News स्याङ्जामा माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

by sambridhaonline

बैशाख ६,पोखरा – स्याङ्जाको पुतलीबजार नगरपालिका – ५ जुडी स्थित बाड्खोलामा एकजना मृत फेला परेका छन् । पुतलीबजार नगरपालिका – ३ लत्रेपिपलका ४० वर्षीय मिलन बिक्रम सेन बाड्खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

खेतमा पानी लगाउन जान्छु भनेर शुक्रबार बेलुकी घरबाट निस्केका सेन अबेरसम्म पनि घरमा नफर्केपछि आफन्तहरुले खोजतलास गर्दै जाँदा शनिबार बिहान १:३० बजे खोलाको पानीको बीचमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

घटनास्थल नजिकै माछा मार्ने सामाग्री १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङ समेत फेला परेको डिएसपी पौडेलले बताए । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline