शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका नयाँ कर्मचारीको लागि सेवा प्रवेश पुर्व तालिम शुभारम्भ

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका नयाँ कर्मचारीको लागि सेवा प्रवेश पुर्व तालिम शुभारम्भ

तालिममा १२ जना अधिकृत तथा ७० जना सहायक गरी ८२ जनाको सहभागिता

by sambridhaonline

बैशाख ६,पोखरा – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेवालाई थप विस्तार गर्नको लागि हालै भर्ना गरिएका ८२ जना कर्मचारीको लागि आयोजित ३ दिने सेवा प्रवेश पुर्व सैद्धान्तिक तालिम शनिवार पोखरामा शुभारम्भ भएको छ । तालिममा देशभरवाट १२ जना अधिकृत तथा ७० जना सहायक कर्मचारीको सहभागिता रहेको छ । सहभागी कर्मचारी मध्ये ६१ जना महिला र २१ जना पुरुष रहनु भएको छ ।

तालिम शुभारम्भ समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै संस्थाका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले देशमा अझै अभाव र विपन्नता विद्यमान रहेकोले लघुवित्तको आवश्यकता रहि रहेको वताउनु भयो । विगतको द्वन्दको समयमा ग्रामीण क्षेत्रमा पुगी जनतालाई घरदैलोमा वित्तीय सेवा दिंदै आएका लघुवित्त संस्थाको भुमिका अहिले पनि उत्तिकै रहेको भन्दै प्रभावकारी सेवा विस्तारको लागि नयाँ कर्मचारी भर्ना गरिएको वताउनु भयो । भौतिक विकास निर्माणको उपयोग गर्न विपन्न परिवारको आर्थिक अवस्थामा सुधार हुनुपर्ने भन्दै गरिवी न्यूनिकरणको लागि लघुवित्तको विकल्प नहरेको वताउनु भयो । प्रसाईले लघुवित्तले देशमा गरिवी न्यूनिकरणको साथसाथै शिक्षित युवाहरुलाई रोजगारी र लाखौं विपन्न तथा मध्यम आर्थिक स्तरका परिवारलाई स्वःरोजगारीको सृजना गरेको वताउनु भयो । प्रमुख अतिथि प्रसाईले देशमा गरिवी रहेसम्म गरिवी विरुद्धको आफ्नो अभियान निरन्तर जारी रहने भन्दै लघुवित्त सेवाले वैदेशिक पलायन रोकेको उहाँले दावी गर्नु भयो ।

तालिम कार्यक्रम संस्थाका कायममुकाय कार्यकारी प्रमुख युधिष्ठिर भुषाल शर्माको अध्यक्षता, संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यता, मानव शंसाधन प्रमुख उत्तम प्रसाद अधिकारीको स्वागत, लक्ष्मी गाहाको प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको संस्थाका प्रवन्धक नारायण प्रसाईले जानकारी दिनु भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline