जेष्ठ २३,पोखरा – बुधबार बिहान देखि हराएका तनहुँ व्यास– २ कालिका मार्ग निवासी क्या.तारा लाल मल्लको शव तीनदिन पछि फेला परेको छ ।
बुधबार मर्निङ वाकमा निस्किएका मल्ल वेपत्ता भए पछि खोजी गर्ने क्रममा आज साराङघाटस्थित मादी नदिमा डुबिरहेको अवस्थामा भेटिएको हो ।
मल्लको मोवाइल, चस्मा टोपी लगायतका सामाग्रीहरु शान्ति नगर पाटन जोड्ने मादी नदीको झोलुङगे पुलमा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार बिहान साँढे ४ बजेको समयमा झोलुङगे पुल आसपासको क्षेत्रमा नदीमा ठूलो आवाज आउनुका साथै पुल हल्लिएको आवाज सुनिएको थियो ।
झोलुङगे पुलमा मल्लको मोवाइल लगायतका सामान फेला परेसँगै मल्ल पुलबाट हाम फालेको आशंका गरिएको थियो ।
सोही आशंकालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमौली बजारबासी र गोदाखोर सहितको टोलीले वेपत्ता मल्लको खोजी कार्य सुरु गरेको थियो ।
मृतक मल्ल विभिन्न सामाजिक क्षेत्रमा सक्रिय थिए ।