शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च

पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च

by sambridhaonline

असार ४,पोखरा – पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३८ लाख ११ हजार ५७८ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ । पोखराका विभिन्न होटलमा कार्यक्रम गरेको र खर्चको पुष्ट्याइँविना बिल भरपाइमात्रै संलग्न गरेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्ला वर्षहरूमा पनि महालेखा परीक्षकको कार्यालयले पोखरा महानगरमा खाना, खाजाको नाममा चरम लापरवाहीपूर्वक खर्च भएको देखाएको थियो ।

महानगरपालिका, महाशाखा तथा विभिन्न वडा कार्यालयमा भएका विविध तथा खाजा खाना खर्चमा उक्त रकम खर्च गरेको हो । खाना तथा विविध खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

तर, महानगरपालिकाले कार्यक्रम संचालनार्थ खर्च भएको उल्लेख गरी खर्चको पुष्ट्याई बेगर केबल बिल भरपाई मात्र संलग्न गरी विविध शीर्षकबाट खाजाखाना बापतको खर्च गरेको उल्लेख गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline