शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित मनाङेको सांसद पद खारेज

गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित मनाङेको सांसद पद खारेज

by sambridhaonline

असार ५,पोखरा – मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक अन्तिम हप्ता जेल चलान भएका मनाङेको पद रिक्त भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेदवार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो ।

गुरुङलाई सर्र्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति हिजोदेखि लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ ।

मनाङे यसअघि छ पटक प्रदेशको मन्त्री भएका थिए । कहिले नेकपा, कहिले एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको संसद सचिवालयमा भने स्वतन्त्र संसदकै हैसियत थियो ।

मनाङेलाई यसअघि उच्च अदालत पाटनले २०६९ मा ज्यान मार्ने अभियोगमा पाँच वर्ष कैद हुने फैसला गरेको थियो । दुई पटक गरी ३२ महिना जेल बसिसकेका मनाङे कैद भुक्तानका लागि अब २० महिना जेल बस्नुपर्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline