शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News बाग्लुंगको ताराखोलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते

बाग्लुंगको ताराखोलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते

by sambridhaonline

असार १५,पोखरा – पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

शनिबार साँझ गलकोट नगरपालिकाको हटिया बजारबाट ताराखोलातर्फ जाँदै गरेको बा ४ ख ८७२७ नम्बर को टिपर ताराखोला ३ मनेलमा दुर्घटना हुँदा चालक धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा नं. ९ का ४२ वर्षिय संजय तामाङ र सहचालक उदयपुर जिल्ला गडी गाउँपालिका वडा नं. १ का २६ वर्षिय लिलबहादुर राई घाइते भएका हुन् ।

टिपर सडकदेखि झण्डै ५० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परी गंभीर घाइते भएका तामाङ र राईको गल्कोट नगर अस्पतालमा उपचारपछि थप उपचारको लागि पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

दुवै घाइतेको हात र खुट्टामा चोट लागेको छ । टिपर दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्वार गरेको थियो । घटनास्थल ताराखोलादेखि दुई किलोमिटर दक्षिण पर्ने प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline