बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

by sambridhaonline

असार १९,पोखरा – जबरजस्ती करणी उद्योग कसूर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमै लुकीछिपी बसेको अवस्थामा अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा तीन वर्ष छ महिना कैद सजाय र एक लाख पचास हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ सुन्तलीटार बस्ने ५० वर्षीय ध्रुवराज भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो।

कैद र जरिवाना फैसला तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले बिहीबार भण्डारीलाई पक्राउ गरी कैद भुक्तान र जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको निमित्त सूचना अधिकारी तिवारीले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline