बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News १६ वर्षमुनीको इस्ट जोन कपको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

१६ वर्षमुनीको इस्ट जोन कपको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

by sambridhaonline

असार १९,पोखरा – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले र दोस्रो सेमिफाइनलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

घरेलु टोली मलेशियाले जीतका लागि दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर चार बलमा एक विकेट गुमाएर भेटायो । टस हारेर पहिला ब्याटिङ गरेको मलेशिया ४३ ओभर एक बलमा ९० रनमा अलआउट भएको थियो ।

नेपालले समूह ‘ए’ मा सबै खेल जितेर सेमिफाइनल खेलेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेट, दोस्रो खेलमा जापानलाई नौ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई तीन सय ७० रनले हराएको थियो ।

समूह ‘ए’ बाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । उसले समूह ‘बी’ मा शीर्ष स्थानमा रहदै सेमिफाइनल खेलेको हङकङलाई हरायो । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार बिहान हुनेछ । नेपाल यो प्रतियोगिताको साविक विजेता टोली पनि हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline