बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे

by sambridhaonline

असार २१ – अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २३ देखि २५ जना बालबालिकाको खोजी तथा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ ।

टेक्सासका धेरै क्षेत्रहरूमा राज्य आपत्काल लागू गरिएको छ । बाढीका कारण धेरै सडकहरू बन्द छन् । यस्तै पानी, बिजुली तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई स्तब्ध पार्ने र भयानक भनेर वर्णन गर्नुभएको खबरमा उल्लेख छ । उहाँले थप सहयोगको पनि वाचा गर्नुभएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा बाढीको पानी सडकमा तीव्र गतिमा बगिरहेको देख्न सकिन्छ । साथै बाढीको पानीका कारण पुलहरू पनि डुबेको देख्न सकिन्छ ।

टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले ४५ मिनेटभित्र ग्वाडालुपे नदीको पानीको स्तर २६ फिटले बढेको बताउनुभएको छ । सबै बेपत्ता व्यक्तिहरू फेला नपरेसम्म राहत र उद्धार कार्य चलिरहने अधिकारीहरूले बताएका छन् ।

विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा मानव सिर्जित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रूपमा देखिन थालेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline