बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News म्याग्दीमा पहिरोले पुरिएर बेपत्ता बालक मृत फेला

म्याग्दीमा पहिरोले पुरिएर बेपत्ता बालक मृत फेला

by sambridhaonline

असार २६,पोखरा – म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका बालकको शव फेला परेको छ ।

मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका १३ वर्षका सरोज विकको शव फेला परेको हो ।

बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५ वर्षीय जगेन्द्र विकको समेत पहिरोले पुरेर मृत्यु भएको थियो भने बालक बेपत्ता थिए ।

शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो ०१ः२५ बजेतिर बेपत्ता सरोजको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बुधबारको पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु समेत बगाएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline