साउन ६,पोखरा – नवलपरासी (बर्दघाट सुस्तापूर्व )को हुप्सेकोट गाउँपालिका-५ राम्चेमा सोमबार पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट-५ राम्चे बस्ने अप्सरा राई मगरका छोराआठ वर्षीय आकाश राई मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार ६ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए। उपचारका लागि अस्पताल लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।