आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026
Home Featured News ३२ जिल्लामा बाढीको मध्यम जोखिम, दिउँसो र राति धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

३२ जिल्लामा बाढीको मध्यम जोखिम, दिउँसो र राति धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

by sambridhaonline

साउन २६,पोखरा – आज ३३ जिल्लाका विभिन्न नदी खोलामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमामा बाढीको मध्यम जोखिम छ । त्यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङगा, उदयपुर, सोलुखुम्बुमा पनि बाढीको खतरा छ ।

गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी तथा लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम, प्युठान, बर्दियामा बाढीको जोखिम छ । सुदूरपश्चिम प्रदेशका डोटी र बैतडीमा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका ठाउँका नदी खोला तथा तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक/दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति कोशी प्रदेशको पहाडी भू्भाग तथा मधेस प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो ६ घण्टामा तनहुँ, कञ्चनपुर, बर्दिया, नवलपरासी, कास्की, बाग्लुङलगायतका ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline