आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026
Home Featured News पोखरामा मोटरसाइकल दुर्घटना हुँदा रूपाका दुइजनाको मृत्यु, घाइते भएका एकजनालाई काठमाडौं रेफर

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा रूपाका दुइजनाको मृत्यु, घाइते भएका एकजनालाई काठमाडौं रेफर

by sambridhaonline

साउन २६,पोखरा – पोखरा महानगरपालिका वडा नं. ३० खुदीमा शुक्रबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं २ माझकोट घर भइ हाल पोखरा-३० खुदी बस्ने ३५ वर्षीय खेमबहादुर गुरुङ र रूपा-४ माउडाँडा घर भई हाल खुदी नै बस्ने ३३ वर्षीय जीवन मल्ल छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका खेमको गण्डकी मेडिकल कलेज र जीवनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

साथै, सोही दुर्घटनामा घाइते भएका खुदी बस्ने ३० वर्षीय उमेश ठकुरीको हाल काठमाडौंमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ११ः१५ बजे शिशुवा-सातमुहाने भित्री सडकखण्डअन्तर्गत तावाको मुखबाट शिशुवातर्फ आउँदै गरेको ग७प ८८५० नम्बरको जीवनले चलाएको भीआर र विपरीत दिशातर्फ जाँदै गरेको ग८प ३८७१ नम्बरको खेमले चलाएको बुलेट मोटरसाइकल खुदीमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भई उपचाररत उमेश जीवनले चलाएको मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको टोलीले दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि मोहोरिया सामुदायिक अस्पताल र प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल शिशुवा पठाइएको थियो । त्यसपछि उनीहरुलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline