शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला

स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला

by sambridhaonline

साउन २८,पोखरा – सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको १५ वर्ष पुगिसक्दा पनि स्याङ्जामा यो रोग पूर्ण रूपमा निर्मूल हुन सकेको छैन । सरकारले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष लिएको भए पनि हालैको तथ्यांकले रोग अझै समाजमा मौनरूपमा फैलिरहेको संकेत देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा स्याङ्जा जिल्लामा मात्र आठ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । पुतलीबजार र चापाकोट नगरपालिकामा दुई/दुई जना तथा वालिङ नगरपालिकामा तीन जना बिरामीको पहिचान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि सोही स्थानहरूबाट दुई/दुई जना गरेर कुल छ जना बिरामी फेला परेका थिए ।

प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंका अनुसार हाल जिल्लामा नौ जना बिरामी औषधी सेवन गरिरहेका छन् । तर, कुष्ठरोगका लक्षणहरू सजिलै चिन्न नसकिने र समाजमा लुकेर बसेका बिरामीहरू अझै पनि उपचार बाहिर रहन सक्ने सम्भावना उच्च रहेको जनस्वास्थ्य प्रशासक चापागाईंले बताए ।

स्याङ्जाका ११ वटै पालिकामध्ये आठ पालिकामा भने अहिलेसम्म कुष्ठरोगका बिरामी नदेखिएको चापागाईंले जानकारी दिए । “यो रोग छालामा छोएर मात्र सर्नु नपर्ने, आँखाभौँ सुनिनु, कानको लोती बाक्लिनु, स्नायुमा झमझम र सुन्निने लक्षण देखिने भएकाले समयमै पहिचान गर्न सकिए पूर्ण निको हुन सकिन्छ,” चापागाईंले भने ।

उनका अनुसार रोगको प्रकृतिअनुसार छ महिना देखि एक वर्षसम्म नियमित औषधी सेवन गरेमा रोग निको हुने गर्छ । औषधी सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध छ ।

सरकारको प्रतिबद्धता र स्वास्थ्य संयन्त्रको पहलबीच स्याङ्जा जस्ता जिल्लामा अझै रोग पहिचान र सचेतना अभाव देखिनु चिन्ताको विषय बनेको छ । सन् २०३० को लक्ष्य प्राप्तिका लागि समाजमै लुकेर बसेका बिरामीहरूको पहिचान र उपचार सुनिश्चित गर्नु अत्यावश्यक देखिन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline