बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पाकिस्तानमा बाढी र पहिरो : एक सय ९० जनाभन्दा धेरैको ज्यान गयो

पाकिस्तानमा बाढी र पहिरो : एक सय ९० जनाभन्दा धेरैको ज्यान गयो

by sambridhaonline

साउन ३१ – पाकिस्तानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण एक सय ९० जना भन्दा धेरैको ज्यान गएको छ ।

अस्ति बिहीवार यता बाढी/पहिरो र उद्धारमा खटिएको हेलिकप्टर समेत दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ९९ जना पुगेको हो ।

सबैभन्दा धेरै क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ कम्तीमा एक सय ८० जनाको ज्यान गएको पछिल्लो विवरण छ ।

त्यस्तै कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाले ज्यान गुमाएका छन् । उद्धार कार्य भइरहेका बेला मौसम खराब हुँदा हेलिकप्टर पनि दुर्घटना भएको छ ।

हेलिकप्टर दुर्घटनामा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका त्यहाँको विपद् निकायलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

सरकारले बुनर, बजौर, मानसेहरा, बट्टाग्रामलगायतका जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ ।

आज एक दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा चरम मौसम घटना बढेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline