बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका एक जनाको ज्यान गयाे

रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका एक जनाको ज्यान गयाे

by sambridhaonline

भदौ १,पोखरा – रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर २ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

यस्तै च्याउ खाँदा बिरामी पर्नुभएका निर्मलाका श्रीमान् ८१ वर्षीय भागीराम वलीको उपचार भइरहेको छ । वली दम्पतीले साउन २७ गते बेलुका स्थानीय जङ्गलबाट खोजेर ल्याएको च्याउको तरकारी खाएका थिए ।

च्याउ खाएपछि बिरामी परेका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । निर्मलाको उपचारका क्रममा आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline