बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

by sambridhaonline

भदौ ८,पोखरा – स्याङ्जाको वालिङ नगरपालिका –५ बाहुनडाँडामा भएको कुटपिटमा परि एक युवकको मृत्यु भएको छ । गए राति करिब ११ बजे स्थानीय ३२ वर्षीय ढालबहादुर थापालाई अज्ञात कारणले कुटपिट गरी घाइते बनाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घाइते थापालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । तर डाक्टरहरूले राति १:३७ बजे उनलाई मृत घोषणा गरेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्याङ्जा हरिनास गाउँपालिका –५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका –५ कान्तीका २४ वर्षीय अनिल शाहीलाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline