बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News लागूऔषधसहित एक पक्राउ

लागूऔषधसहित एक पक्राउ

by sambridhaonline

भदौ ११,पोखरा – वडा प्रहरी कार्यालय बैदामको टोलीले लागूऔषध सहित एक पुरुषलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ८ इन्द्रपुरी मार्गबाट गाँजा र प्रतिबन्धित औषधि सहित एक पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले लागुऔषधको कारोबार भइराखेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा सोही स्थानका ४६ वर्षिय रमेश थापाको कोठाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार थापाको कोठाबाट ब्रुफिनुर्फिन एक सय ६१ एम्पुल, डाइजापाम एक सय ३५ र फेनारगन एक सय ६४, गाँजा चार किलो एक सय ग्राम, डिजिटल तराजु एक थान र मोबाइल एक थान बरामद भएको हो ।

थापाविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गराइ थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline