बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
Home Featured News युक्रेनमा रुसी मिसाइल आक्रमणमा २३ जनाको ज्यान गयो

युक्रेनमा रुसी मिसाइल आक्रमणमा २३ जनाको ज्यान गयो

by sambridhaonline

भदौ १३ – युक्रेनको राजधानी किएभमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका पनि छन् । आक्रमणमा युरोपियन युनियन ईयूको कूटनीतिक कार्यालय र बेलायती काउन्सिलको कार्यालय समेत क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लायनले आक्रमणलाई ‘किभमाथिको सबैभन्दा घातक प्रहार’ भन्दै कडा शब्दमा आपत्ति जनाउनुभएको छ । उहाँले ईयूको प्रतिनिधि कार्यालय नजिकै ५० मिटर भित्र दुईवटा मिसाइल खसेका दाबी गर्नुभयो । आक्रमणमा पाँचतले आवासीय भवन पूर्णरुपमा ध्वस्त भएको छ भने केही मानिस घाइते भएका खबरमा उल्लेख छ ।

युक्रेनी सेनाले रुसले झन्डै छ सय ड्रोन र ३० भन्दा बढी मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई वार्ताको टेबुलभन्दा हतियार रोज्ने रुसको चाहना भन्दै नयाँ र कठोर प्रतिबन्ध आवश्यक भएको दोहोर्‍याउनु भएको छ ।

बेलायती प्रधानमन्त्री कीअर स्टार्मरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘शान्ति प्रयासलाई विफल पार्ने’ आरोप लगाउनुभयो । अरू युरोपेली नेताहरुले यसलाई शान्तिको विरुद्धको कदम भनेका छन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी टोलीसँग न्युयोर्कमा सुरक्षा ग्यारेन्टीबारे छलफल गर्ने तयारी गरेको बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline