आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ६३ जना पुग्यो, ६१ जनाको उपचार चल्दै

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ६३ जना पुग्यो, ६१ जनाको उपचार चल्दै

by sambridhaonline

भदौ १४,पोखरा – पर्सामा नौ दिनमा एक सय ६३ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । भदौ ६ गते शुक्रवार तीन जनामा हैजा पुष्टि भएकोमा त्यसपछि आज बिहानसम्म सङ्क्रमितको सङ्ख्या एक सय ६३ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

सङ्क्रमितमध्ये एक सय दुई जना उपचारपछि डिस्चार्ज भएका र ६१ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ । हैजा पुष्टि हुनेमध्ये एक सय ५४ जना वीरगञ्ज महानगरपालिकाका र नौ जना पोखरीया नगरपालिकाका रहेका जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो ।

हिजो मात्रै झाडापखालाका ४१ जना नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म झाडापखालाका सात सय ५१ बिरामीहरु भर्ना भएकोमा पाँच सय १७ जना उपचारपछि घर फर्किएका छन् । उपचाररत दुई सय १९ जना मध्ये ३४ जना आईसीयूमा र सात जना एचडीसीयूमा छन् ।

पर्सामा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline