91
भदौ १७,पोखरा – काठमाण्डौबाट गोरखाको आरुघाटको लागि छुटेको रात्रिबस पल्टिंदा २१ जना घाइते भएका छन् । बा ०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा पल्टिंदा २१ जना घाइते भएका गोरखा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।