शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्दार

फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्दार

by sambridhaonline

भदौ १७,पोखरा – पोखरा–६ गौरीघाटस्थित फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्दार गरिएको छ । मकवानपुर घर भइ हाल पोखरा–६ लेकसाइड बस्ने अन्दाजी ४५ वर्षीया हीरा नेगी तालमा हामफालेको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार बिहान हामफालेकी उनी तालमा रहेको काठको मुढामा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोरसहितको संयुक्त सुरक्षा फौजले उनको उद्दार गरेको हो । उद्धार पश्चात उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline