शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको आरोपमा अर्घाखाँचीका ३६ बर्षिय युवा पक्राउ

श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको आरोपमा अर्घाखाँचीका ३६ बर्षिय युवा पक्राउ

by sambridhaonline

भदौ १७,पोखरा – अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलपोखरामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको खुलेकाे छ ।

हत्यामा संलग्न ३६ वर्षीय श्रीमान् किरण गुरुङ पक्राउ परेका छन् । उनले ३४ वर्षीया सुमित्रा कुमालको हत्या गरी भान्साकोठामा पुरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बताउनुभयो ।

श्रीमतीको हत्या गरेपछि किरणले ९ वर्षीया छोरीलाई कसैलाई नभन्न लगाएको समेत खुलेको छ । हत्या भएको ६ दिनपछि शव भेटिएको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ्ग स्थायी घर भएका किरण विगत ८ वर्षदेखि छत्रदेव–४ को पातलपोखरामा बस्दै आएका थिए ।

माइती पक्षले बल्कोट प्रहरी चौकीमा सुमित्राको खोजीका लागि खबर गरेका थिए । झगडापछि गएको ११ गते राति श्रीमतीको हत्या गरेको किरणले स्वीकार गरेका प्रहरीको भनाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline