बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न ४ पक्राउ, ११ महिलाको उद्धार

खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न ४ पक्राउ, ११ महिलाको उद्धार

by sambridhaonline

भदौ १९,पोखरा – खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जना पक्राउ गरेको छ । अन्य ११ जना महिलाको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १७ गते दिउँसो पौन चार बजेको समयमा पोखरा–८ जाल्पारोडका विभिन्न खाजा घरहरूमा होहल्ला भई अनैतिक गतिविधि भई रहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवन घर भई जाल्पारोड बस्ने २८ वर्षकी सुनिता तामाङ, तनहुँको व्यास नगरपालिका–८ का १९ वर्षीय सुवास गुरुङ, बाग्लुङको जैमिनी नगरपालिका– ८ का २१ वर्षीय सागर थापा र शंकर थापा रहेका छन् ।

विभिन्न खाजा घरहरुबाट ११ जना महिलाहरूलाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताउनुभयो । पक्राउ परेका ४ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाले बताउनुभयो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline