बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज भदौ शुक्ल पूर्णिमा: खग्रास चन्द्रग्रहण लाग्दै

आज भदौ शुक्ल पूर्णिमा: खग्रास चन्द्रग्रहण लाग्दै

by sambridhaonline

भदौ २२,पोखरा – भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ । राति ११ बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ ।

त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे तीन घण्टा काठमाण्डौबाट चन्द्रग्रहण देखिनेछ । यो ग्रहण यसवर्षको पहिलो ग्रहण हो ।

यसै वर्ष फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline