बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज २२ औँ निजामती सेवा दिवस: सर्वाेत्कृष्ट कर्मचारी पुरस्कृत हुँदै

आज २२ औँ निजामती सेवा दिवस: सर्वाेत्कृष्ट कर्मचारी पुरस्कृत हुँदै

by sambridhaonline

भदौ २२,पोखरा – २२ औँ निजामती सेवा दिवस। ‘व्यावसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसका अवसरमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको मूल समाहरोह समितिले बिहान सिंहदरबारबाट प्रभातफेरि निकाल्दैछ। त्यसपछि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मुल समारोह कार्यक्रम हुँदैछ। निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने मूल समाहरोहमा वर्षभर राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जना निजामती पुरस्कार प्रदान गरिँदैछ। गत वर्ष भने सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटेको थिएन। नेपालमा निजामती सेवा गठन भएको ६९ वर्ष भएको छ। २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर २०६२ सालदेखि दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्। उनले सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने तर्क गरेका छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline