सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News जेन जी प्रदर्शनमा पोखराको नयाँबजारस्थित आगजनी भएको सोरुम र लेकसाइडमा जलाएको भवनमा १ / १ युवतीको शव भेटियो

जेन जी प्रदर्शनमा पोखराको नयाँबजारस्थित आगजनी भएको सोरुम र लेकसाइडमा जलाएको भवनमा १ / १ युवतीको शव भेटियो

by sambridhaonline

भदौ २५,पोखरा – जेन जीका प्रदर्शनकारीले मंगलबार आगजनी गरेको पोखरा महानगरपालिका–९ नयाँबजारस्थित एक गाडी सोरुममा एक युवतीको शव भेटिएको छ ।

प्रदर्शनकारीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाको हिमालय अर्गनाइजेसनमा आगजनी गरेका थिए । त्यही आगजनीमा परेर सहयोगीकोरुपमा काम गर्ने युवतीको मृत्यु भएको हो । उनको नाम र ठेगाना खुलेको छैन । प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि भवन बाहिर निस्केकी उनी मोबाइल छुटेको भन्दै लिन गएकी थिइन् । हिमालय अर्गनाइजेसनका सञ्चालक ध्रुव गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका भाइ हुन् । प्रदर्शनकारीले मंगलबार मन्त्री थापाको नयाँबजारमै रहेको घरमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।

उता पोखराको लेकसाइडमा जेन जीको आन्दोलनका क्रममा प्रदर्शनकारीले जलाएको भवनबाट अर्को युवतीको पनि जलेको अवस्थामा शव भेटिएको छ ।

लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनबाट जलेको अवस्थामा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जलेर हड्डी मात्र रहेको अवस्थामा शव भेटिएको हो । शव भेटिएका यी दुवै युवतीको सनाखत हुन सकेको छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline