सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्ने ऊर्जामन्त्रीको पहिलो निर्णय

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्ने ऊर्जामन्त्रीको पहिलो निर्णय

by sambridhaonline

भदौ ३०,पोखरा – अर्थमन्त्री रामेश्वर खनाल; ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ गराउनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।

अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँ अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिश आयोगका अध्यक्ष हुनुहुन्थ्यो । आयोगले केही महिनाअघि सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यस्तै इन्जिनियर रहनुभएका कुलमान घिसिङलाई केही महिनाअघि केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङलाई निकै लोकप्रिय मानिन्छ ।

पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गर्नुभएको छ । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गर्नुभएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहनुभएका कुलमान घिसिङले ऊर्जामन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline