सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

by sambridhaonline

भदौ ३१.पोखरा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका –२ अरौंदीखोलाबाट अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भदौ ३० गते दिउँसो करिब ४ बजेर ३० मिनेटतिर खोलाले बगाएर ल्याएको गिट्टी जस्तो देखिने ग्राभेल लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा ग १ त ४७९३ नम्बरको ट्याक्टर फेला परेको हो ।

उक्त ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारविरुद्ध अभियानलाई कडाइका साथ अघि बढाइरहेको बताएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline