असोज ५,पोखरा – पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले आइतबार अपराह्न ४ः१५ बजेदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको जानकारी दिएको छ।
तुइनखोलामा पहिरो जाँदा उक्त सडकखण्ड करिब ४५ घण्टादेखि अवरुद्ध थियो। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।
अवरुद्ध सडक खुलाउन आज बिहानैदेखि पहिरो पन्छाउने काम भएको थियो।