शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News ताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को प्रभाव : १४ जनाको ज्यान गयो

ताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को प्रभाव : १४ जनाको ज्यान गयो

by sambridhaonline

असोज ८ – ताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को ठूलो प्रभाव परेको छ । आँधीका कारण कम्तिमा १४ जनाको ज्यान गएको छ । यस्तै एक सय २० जना भन्दा धेरै बेपत्ता भएका बीबीसीले जनाएको छ । त्यहाँ मुसलधारे वर्षा र बाढी आएको छ । यसले गर्दा एउटा ताल फुटेर मानिस हताहत भएका हुन् ।

ताइवानको पूर्वी हुवालियनको गुआङ्फु शहरमा ताल फुट्दा ठूलो बाढी आएको हो । रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ ।

चीनको ग्वाङदोङ प्रान्तबाट तीन लाख ७० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । ‘रागासा’ आँधी ग्वाङदोङमा बज्रिने मौसमविद्को अनुमान छ । यो आँधीले यसअघि फिलिपिन्समा प्रभाव पारेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline