शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने

आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने

by sambridhaonline

असोज १०,पोखरा – निर्वाचन आयोगले आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले आउँदो प्रतिनिधिसभा चुनावमा मतदान गर्न पाउने जनाएको छ । आयोगले प्रेस विज्ञप्ति निकाल्दै १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाएको हो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ५ मा १८ वर्ष पूरा गरेका बालिग नागरिकले मतदान गर्नसक्ने व्यवस्था रहेको छ । १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र मतदाता नामावलीमा नाम दर्ता भएका मध्ये २०८२ साल फागुन २० गते सम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मात्र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य चुनावमा भोट हाल्न पाउने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline