असोज ११,पोखरा – गत साउन २४ गते लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका- ३ स्थित दुधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव डेढ महिनापछि निकालिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको गोताखोरले शनिबार शव निकालेको हो ।
लमजुङ जिल्ला, क्ब्होलासोथार गाउँपालिका-४ भुजुङ्ग बस्ने वर्ष १८ को मनोज गुरूङ बेपत्ता थिए । जनैपूर्णिमाको मेलामा नुहाउने क्रममा गुरुङ बेपत्ता भएका थिए ।
खोजीका लागि असोज १० गते सशस्त्र प्रहरी बल,नेपाल नं. २४ कालिका गण पोखराबाट एयर डाइनेस्टिको हेलीद्धारा ४ जना गोताखोर सहितको उद्दार टोली परिचालन गरिएको थियो ।
सुरक्षाफौजले सडेगलेको अवस्थामा शव निकालेर उनका दाजुको जिम्मा लगाएको हो ।