मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

by sambridhaonline

असोज २७, पोखरा – स्याङ्जा प्रहरीले विशेष सूचनाको आधारमा पुतलीबजारमा अवैध रूपमा पटका कारोबार गर्ने कार्यलाई नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो करिब ११:०० बजे, जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका –१ ट्राफिक चोक बस्ने २४ वर्षीया सजिता खातुनको घर/कोठामा खानतलासी गर्दा ‘कार्थिस्’ नामक सामान्य विस्फोटक पदार्थ (पटका) ४९ प्याकेट बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

फेला परेका ती पटकाहरूलाई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी हुने अवैध पटका कारोबार र बिक्रीविरुद्ध प्रहरीको निगरानी कडा पारिएको छ ।

प्रहरीले यस्तो खालको अवैध कारोबारमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउने चेतावनी समेत दिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline