मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News नेपालका विपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै

नेपालका विपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै

by sambridhaonline

असोज २८, पोखरा – दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै गएको छ । हमासले हिजो विपिन र तीन इजरायलीको भनेर चार शव इजरायललाई बुझाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

हमास समूहले दक्षिणी गाजा क्षेत्रबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीमार्फत इजरायली सेनालाई शव बुझाएको खबरमा उल्लेख छ । त्यहाँको सैनिक अस्पतालमा डीएनए परीक्षणपछि मात्रै शवको पुष्टि हुनेछ । हमासले विपिनसहितको शव बुझाएको भनेर इजरायली सञ्चारमाध्यमहरुले उल्लेख गरे पनि नेपाल सरकारले यसबारे आधिकारिक जानकारी दिएको छैन ।

परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति निकालेर हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ । मन्त्रालयका अनुसार हिजो बिहान इजरायली सेना (आइडीएफ) ले इजरायलका लागि नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।

बैठकमा इजरायली सेनाले रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उहाँको अवस्था अज्ञात रहेको जानकारी दिएको थियो । हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline