कार्तिक १२ ,पोखरा – पोखरामा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत पोखरा-१३ गौंडाकोमुखमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा अचेत अवस्थामा भेटिएका थिए ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार अचेत अवस्थामा भेटिएका थापालाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
नवलपुरको विनय त्रिवेणी गाउँपालिका- ६ शिवपुरगढी घर भएका थापा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई हाल सिआरभी भद्रकालीमा कार्यरत थिए । उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।