बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लुटिएको प्रहरीको पेस्तोल २० हजारमा खरिद-बिक्री, १५ वटा गोली र पेस्तोलसहित पाँच जना पक्राउ

लुटिएको प्रहरीको पेस्तोल २० हजारमा खरिद-बिक्री, १५ वटा गोली र पेस्तोलसहित पाँच जना पक्राउ

by sambridhaonline

कार्तिक १४,पोखरा – जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने र खरिद–बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले पेस्तोल लुट्ने एक जना र त्यसको खरिद–बिक्रीमा सहभागी भएका चार जनालाई पक्राउ गरेको हो ।

आन्दोलनमा स्वयम्भू वृत्तबाट पेस्तोल लुट्ने धादिङ धुनीबेँसी घर भएका २१ वर्षीय कृष्ण गुरुङ छन्। उनले २० हजारमा सो पेस्तोल भगवान पाउ बस्ने राजन देउलालाई बिक्री गरेका थिए।

देउलाले पनि तेस्रो व्यक्तिलाई बिक्री गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा भारतीय नागरिक अकबर खान, बिजेश्वरीका सुमित शाक्य र बानेश्वरका प्रभात मल्ल छन्। पछिल्लोपटक मल्लले सो पेस्तोल खरिद गरेका थिए।

१५ वटा गोलीसहितको पेस्तोल बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताउनुभयो। ‘पेस्तोल विभिन्न तहमा बिक्री भएको देखिन्छ,’ एसपी भट्टराईले भन्नुभयो , ‘अनुसन्धान भइरहेको छ।’

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline