बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News नवगठित नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दियो

नवगठित नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दियो

by sambridhaonline

कार्तिक २०,पोखरा – नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । विभिन्न १० वटा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणा गरेपछि आयोगमा दल दर्ताको निवेदन आएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो । निवेदन प्रक्रियामा रहेको र छलफलपछि निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन् । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । १० घटकबीच भएको एकताले हिजो नेपाली कम्युनिस्ट पार्टी गठन गरेको थियो । योसँगै १८ वटा राजनीतिक दलहरु निर्वाचन आयोगबाट दलदर्ताको प्रमाणपत्रको पर्खाइमा छन् ।

अहिलेसम्म आधिकारीक रुपमा आयोगमा एक सय २५ दल दर्ता छन् । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन यही कात्तिक ३० गतेसम्म दल दर्ताको निवेदन दिने समयसिमा छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline