बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नेपालले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै

by sambridhaonline

कार्तिक २७,पोखरा – नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल बङ्गलादेशको ढाका नेशनल स्टेडियममा बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

यसअघि नेपालले गएको भदौमा घरेलु मैदानमा बङ्गलादेशसँग मैत्रीपूण खेल खेलेको थियो । त्यो खेल बराबरीमा सकिएको थियो । यस्तै जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

फिफा वरीयतामा नेपाल बङ्गलादेशभन्दा अघि छ । वरीयतामा नेपाल १ सय ८०औं र बङ्गलादेश १ सय ८३औं स्थानमा छ ।

यो नेपाली टोली नेपाली प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छ । यसअघिका प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खड्काले जिम्मेवारी पाएका हुन् ।

पछिल्लो समय नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेको छैन । पछिल्ला ६ खेलमा नेपालले ४ वटामा हार बेहोरेको छ भने २ वटा बराबरीमा सकिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline