बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कारागारबाट फरारपछि श्रृङ्खलाबद्ध चोरीमा संलग्नसहित २ पक्राउ

कारागारबाट फरारपछि श्रृङ्खलाबद्ध चोरीमा संलग्नसहित २ पक्राउ

by sambridhaonline

मंसिर २५,पोखरा – कास्की जिल्लाका विभिन्न स्थानहरुमा श्रृखंलाबद्ध चोरीमा संलग्न रहेको आराेपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठान स्थायी घर भई हाल पोखरा– ३ नदिपुर बस्ने वर्ष २४ का सुमित थापा मगर र धादिङ घर भई हाल पोखराकै नदिपुर बस्ने २७ वर्षीय सुजन परियार रहेका छन् । थापामगर जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका व्यक्ति हुन् ।

चोरीका घटना बढीरहेको सूचनापछि कास्की प्रहरीले अनुसन्धान तथा खोजलासका क्रममा उनीहरुलाई हालै पक्राउ गरेको हो । दुवै जनालाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा–९ रामघाटबाट पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको कास्की प्रहरीका निरीक्षक तथा निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताउनुभयो ।

प्रहरीका अनुसार असोज २७ मा पोखरा– १३ विपिमार्गमा रहेको पोखरा लक्ष्मी ट्रेडर्सबाट नगद ४१ हजार, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, बिलबुक, नागरिकता समेतको कागजपत्र सहितको व्याग सुमितले चोरी गरेका थिए । यसैगरी मंसिर ४ मा पोखरा–४ आदर्शमार्ग सडक किनारामा पार्किङ गरी राखेको ग १५ प १०२० नं. को डियो स्कुटर दुवैजनाले चोरी गरेका थिए । त्यस्तै मंसिर ६ मा पोखरा–१७ ड्यामसाईडस्थित आरुस स्टोर्स प्रा.लि.को ढोका फोडेर २ लाख ७३ हजार ५ सय रुपैयाँ सुमितले चोरी गरेको प्रहरीले जनाएको छ । यस्तै मंसिर १० मा पक्राउ परेका दुवै जनाले पोखरा–८ न्यूरोडस्थित एसबी वाईनसप अगाडी पार्किङ गरी राखिएको ग १ क २५९८ नं. को गाडीमा राखिएको लाईसेन्स, बिलबुक, विभिन्न चेक र नगद ३५ हजार चोरी गरेको पाण्डेले बताउनुभयो ।

पक्राउ परेका मध्ये सुमित थापा मगर यसअघि अभद्र व्यवहार, चोरी उद्योग, चोरी र केही सार्वजनिक अपराध समेत गरी ८ पटकसम्म पक्राउ परी कारागारमा रहेको र गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भई पुन चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । परियार भने यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline