सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

by sambridhaonline

पौष २९,पोखरा – सार्वजनिक सम्पत्ति हानि/नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्ले, काठमाण्डौको कान्तिपुर सेक्युरिटी सर्भिसका सुरक्षागार्ड रामकुमार कार्की र हेम शर्मा रिमालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट नौ सय मिटरभन्दा धेरै तामाको तार हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उनीहरूविरुद्ध जनही १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline