बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

by sambridhaonline

माघ १८ , पोखरा – चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । ब्रेन ह्यामरेज भएपछि उहाँकाे काठमाण्डाैकाे ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा डाक्टरले आज दिउँसो पौने १ बजे ४५ वर्षीय सिटौलालाई मृत घोषणा गरेका हुन् । ग्रान्डी अस्पतालले विज्ञप्ति निकालेर उहाँको निधन भएको जानकारी गराएको छ ।

सिटौलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । उहाँ चलचित्र पत्रकार सङ्घको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा सिटौला अछाम पुगेका बेला अचानक बेहोस भएर ढलेपछि अस्ति शुक्रवार हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline