बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्ने

कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्ने

by sambridhaonline

माघ २५ , पोखरा – नेपाली कांग्रेसले आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मेरो २१ दिन भन्ने अभियान शुरू गर्ने भएको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले चुनावलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले पारित गरेको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ को बुँदा नम्बर २१ मा यो विषय उल्लेख गरिएको छ । निर्देशिकाअनुसार जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ भन्ने नीतिअन्तर्गत पार्टीका सबै सदस्य फागुन १ देखि २१ गतेसम्म चुनावका लागि खट्नेछन् । निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा खटाएकाबाहेक सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने व्यवस्था कांग्रेसले गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिले यस्तो नीति बनाएको हो । एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर हाम्रो वडा हामी जिताउँछौँ भन्ने उद्घोषका साथ आ–आफ्नै वडामा खट्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline