बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो

पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो

by sambridhaonline

फागुन २ ,पाेखरा – पोखरामा आज बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–६ पामेमा बिएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा कार चालक स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई अहिले पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको ज्यान गएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनापछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा गोताखोरसहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

टोलीले बेहोस अवस्थामा चालकलाई तालबाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेज लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । क्रेनको सहायताले कार निकालिएको छ । दुर्घटनाको थप अनुसन्धान भैरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline